दफा १२९
इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुने

(१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लिखित शर्त तथा बन्देजविपरीत हुने गरी हातहतियार वा खरखजानाको उत्पादन गर्न वा त्यसकोे मर्मत संभार गर्न हुँदैन।स्पष्टीकरण: यस संहिताकोप्रयोजनका लागि:
(क) “हातहतियार” भन्नाले तोप, मोर्टार, बख्तरबन्द गाडी, मेशिनगन, राइफल, बन्दुक, पिस्तोल,रिभल्भर वा खरखजाना प्रयोग गरी वा नगरी चलाइने त्यस्तै प्रकृतिका अन्य यन्त्र सम्झनु पर्छ र सोशब्दले हातहतियार बनाउने मेशिन, उपकरण र हातहतियारको पाटपूर्जा समेतलाई जनाउँछ,
(ख) “मेशिनगन” भन्नाले ब्रेनगन, लुइसगन, स्टेगन, मेशिन, कारबाइन, टम्स मेशिन कारबाइन,जी.एम.जी, सर्ट मेसिन गन वा त्यस्तै प्रकृतिका स्वचालित हातहतियार सम्झनु पर्छ र सो शब्दले मेशिनगनबनाउने मेशिन, उपकरण र मेशिन गनको पाटपूर्जा समेतलाई जनाउँछ,
(ग) “खरखजाना” भन्नाले हातहतियारमा राख्ने बारुद, केप, गोली, छर्रा, डिटोरेनेटर, कार्तुस,फ्यूज वा त्यस्तै प्रकृतिका अन्य पदार्थ समेतलाई जनाउँछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई हातहतियार वा खरखजानाको जोखिमको गम्भीरता हेरी दशवर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।